कांग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित

लोकपथ
234
Shares

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को कारण नेपाली कांग्रेसको बाँकी रहेको १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । आगामी माघ १५ गते तोकिएकोमा कोरोना महामारीको कारण अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

नेपाली कांग्रेसको निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै १६ जिल्लाको अधिवेशन हाललाई स्थगित गरी र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने जानकारी गराएको छ ।

हाल सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम गरी १६ जिल्लाका कांग्रेसको जिल्ला अधिवेशन गर्न बाँकी रहेको छ । यता अन्य जिल्लामा भने १४औँ महाधिवेशनमा नै जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?