१० जेष्ठ २०७९, मंगलवार

‘पुष्पा : द राइज’को हिन्दी भर्सनमा कसको स्वर ?

२०७८,माघ,७,शुक्रवार १४:४३

4.374k
Shares

काठमाडौं । साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनित फिल्म ‘पुष्पाः द राइज’ले बक्स अफिसमा कलेक्सनको काम जारी नै राखेको छ । फिल्मले हिन्दी भर्सनमा उत्तिकै राम्रो प्रतिक्रिया पाइररहेको छ ।

अहिले सबैलाई फिल्मको हिन्दी भर्सनमा कसको स्वर थियो भन्ने चासो छ । यहाँ फिल्मको हिन्दी भर्सनमा कलाकारको डबिङ गर्ने केही कलाकारको नाम प्रस्तुत गरिएको छ ।

अभिनेता श्रेयस तलपडेले अल्लु अर्जुनको भूमिकामा पुष्पाका लागि आफ्नो आवाज दिएका छन् । अभिनेत्री रश्मिका मन्दानाको चरित्र श्रीवल्लीका लागि हिन्दी भर्सनमा स्मिता रोजेमेयरले भ्वाइस ओभर गरेकी छन् ।

अल्लू अर्जुनको साथीको भूमिकामा अभिनय गर्ने तेलुगु फिल्म अभिनेताको हिन्दी भर्सनमा अभिनेता साहिल वैद्यले स्वर दिएका छन् । उनी फिल्म ‘शेरशाह’मा सिद्धार्थ मल्होत्राको साथीको भूमिकामा पनि देखिएका थिए ।

फिल्ममा आईपीएस अधिकारी भैरोंसिंह शेखावतको भूमिकामा अभिनय गर्ने मुख्य भिलेन फहाद फासिलको हिन्दी स्वर अभिनेता राजेश खट्टरले दिएका हुन् ।

त्यस्तै मंगलम श्रीनूको भूमिकामा अभिनय गर्ने अभिनेता सुनीलको भ्वाइस ओभर कलाकार उदय सबनिसले दिएका छन् । फिल्ममा रंगीन जोली रेड्डीको भूमिका निभाउने अभिनेता धनञ्जयको स्वरमा मनोज पाण्डेले डब गरेका छन् ।

कोण्डा रेड्डीको भूमिका निभाउने अभिनेता अजय शाहलाई राजेश जोलीले आफ्नो स्वर दिएका छन् । मंगलम श्रीनुको श्रीमति दक्षायनीको भूमिका निभाउने अभिनेत्री अनुसुइया भारद्वाजको भूमिकाका लागि सबीना मौसमले स्वर दिएकी छन् ।

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएकाे

काठमाडौं । उदयिमान लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत

ताजा समाचार

पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५
सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२
सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३