द ब्रिटिश प्रोफेसनल कलेजकी रियाले गरिन् वर्ल्ड टप

लोकपथ
26
Shares
Abstract luxury plain blur grey and black gradient, used as background studio wall for display your products

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजले ACCA एसोसयिसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्टमा अध्ययनरत १९ वर्षीया रिया मानन्धरले ९८ प्रतशित ल्याई वर्ल्ड टपर बन्न सफल भएकी छन् ।

उनले ट्याकसेसन पेपरमा वल्र्ड टप गरेकी हुन् । ACCA कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा यो वर्ष अन्तर्गत ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार पुर्ण योग्य सदस्यहरु रहेका छन् ।

विश्वभरका लाखौँ विद्यार्थीहरूलाई पछीपार्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् ।

ACCA प्रोग्राम म्यानेजर दिपेन्द्र के श्रेष्ठले उनको तारिफ गर्दै भने, “हामी सबैलाई रियामा धेरै गर्व छ । कलेज र अन्य विद्यार्थीहरूका लागी यो गर्वको कुरा हो । हामी नियमित रूपमा नेपालमा टपर्स उत्पादन गर्दै आइरहेका छौँ । त्यस्तै रिया हाम्रो कलेजको दोस्रो विश्व टपर हुन् । अन्य विद्यार्थीहरूले पनी उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं।”

रियाले दीपेन्द्र र बीपीसीका शिक्षकहरुलाई धन्यवाद दिँदै भनिन् “बीपीसीसँगको मेरो अनुभव साँच्चै राम्रो रह्यो। वास्तवमा, मैले मूल रूपमा ट्याक्सेसन पेपर लिने योजना बनाएको थिइन्। मलाई यस विषयप्रती पुर्ण आत्मवश्विास पनि थिएन । यद्यपी संकायले मलाई साइन अप गर्न प्रोत्साहन गर्यो । उनीहरूकै साथ र सहयोगले मैले वल्र्ड टपर हुने अवसर पाए ।”

नेपाली चार्टर्ड एकाउन्टेन्ट परीक्षाको सट्टामा ACCA नै पढ्ने निर्णय किन गर्ने भनी सोध्दा उनले जवाफ दिँदै भनिन्, “एसीसीएले नेपालका विद्यर्थाीहरुलाई राष्ट्रिय रूपमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनी उत्तीर्ण करअिर बनाउन सहयोग गर्छ । सोही कारण पनि
मैले एनसएको सट्टा ACCA रोजेकी हुँ । अन्तराष्ट्रिय रुपमा प्रतिष्पर्धा गर्न समेत यो विषयले मलाई सक्षम बनाउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?