डिश होम फाइबर नेटले डिलर दाइहरुलाई गर्‍यो सम्मान

लोकपथ
39
Shares

काठमाडौं । डिश होमले आफ्ना डिलर दाइहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।

गण्डकी अञ्चल मा डिश होम, Dishhome Fibernet को बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृस्ट सेवा पुर्याउने पोखराका दिप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायेर्स, स्याङ्जा जिल्लाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्सलाई उपहार स्वरुप एक–एक थान ल्यापटप , साथै बिक्रीपछिको उत्क्रिष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले प्रशंशापत्रसहित सम्मान गरेका छन्।

उक्त कार्यक्रममा गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ र कास्कीका डिस्टिब्यूटर्स, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Dish  home fibernet ले ग्राहकको आवश्यक्ता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेज हरु ल्याएको छ , डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० Mbps निःशुल्क इन्टरनेट सुविधा देखि ६०० Mbps  सम्मको प्याकेज उपलब्ध रहेको छ।

त्यस्तै सुपथ मूल्यमा इन्टरनेट जडान र जडानपश्चात ग्राहकले इन्टरनेट प्रयोगको उत्कृष्ट अनुभव पाउने कुरा डिश होमको दाबी रहेको छ।

डिश होम fibernet प्रति दैनिक ग्राहकको आकर्षण साथै विश्वास बढिरहेको कुरा प्रदिप सुवेदीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?