देउवा झन् कमजोर, प्रमुख तीन भ्रातृसंस्थामा पकड गुम्यो

काठमाडौँ — कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ । हालै सम्पन्न तीन भ्रातृसंस्थाको निर्वाचन परिणामले देउवाको प्रभाव घट्दै गएको पुष्टि गरेको हो ।
पार्टीको प्रभावशाली तथा सदस्य संख्या ठूलो भएको भ्रातृसंस्था ट्रेड युनियन कांग्रेसमा देउवाविरोधी खेमा एकलौटी विजयी भएको छ । १७ पदाधिकारीसहित ४१ पदमा शुक्रबार भएको निर्वाचनमा देउवापक्षीय प्यानलबाट एक सदस्य मात्रै निर्वाचित भए । सबै पदाधिकारीसहित अन्य सदस्य संस्थापनइतर पक्षले जितेको छ ।

डेढ महिनायता भएका अधिवेशनमा पार्टीका प्रभावशाली भ्रातृ तथा शुभेच्छुक संस्था नेपाल शिक्षक संघ र निजामती कर्मचारी संघसमेत देउवाले आफ्नो पक्षमा राख्न सकेनन् । जबकि यी तीनवटै भ्रातृसंस्थामा यसअघि बहुमतसहित देउवा पक्षको नेतृत्व थियो ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?