काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।
शनिबार बस्ने गरी तय भएको केन्द्रीय कमिटीको बैठक बढ्दो कोरोना महामारीपछि स्थगित गरिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को २०७८ माघ ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदि लाई मध्यनजर गरि अर्को निर्णय नहुदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाईसकिएको छ। कुनै कारणवस सूचना नपुगेमा यसलाई पनि सूचनाको आधार बनाईदिन केन्द्रीय कार्यालय हार्दिक अनुरोध गर्दछ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक भने जनस्वास्थ्यका मापदण्ड अपनाइ माघ ८ गते बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया