आज मध्यरातिबाट सवारीसाधनमा जोर बिजोर प्रणाली 

लोकपथ
336
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

‘जिल्लाभित्र जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सवारीसाधन सञ्चालन गर्ने’, जारी आदेशमा भनिएको छ ।

साथै लामो दूरीमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ ।

सवारीसाधन प्रयोग गर्दा अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ ।

बिहीबार जारी गरिएको आदेशमा अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?