अरूण तेस्रोको बाँधस्थलमा पहिरो, चार जना बेपत्ता

खाँदबारी : संखुवासभामा रहेको अरूण तेस्रो जलविधुत परियोजनाको बाँध निर्माणका लागि खनिएको सुरूङमा पहिरो जाँदा दुर्इ नेपालीसहित ४ जना बेपत्ता भएका छन् । सुरूङमा पहिरो जाँदा उनीहरू सुरूङभित्रै बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । 

अायोजनाको बाँधस्थल मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा शुक्रबार राती पहिरो खसेको थियो । सुरूङभित्र बेपत्ता हुनेहरू मजदुरहरूमा कालीकोटका ३२ बर्षीय प्रदीप शाही, जुम्लाका ४४ बर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ बर्षीय बुधन मुण्डा र विहारका ४५ बर्षीय नन्द किशोर रहेको बतार्इएको छ । 

सुरूङभित्र कति काम थिए भन्नेबारे अझै एकीन हुन सकेको छैन । अहिले पनि निरन्तर पहिरो खसिरहेकाले उद्दारमा कठिनार्इ भइर्रहेकाे उद्दारमा सक्रिय नेपाली सेनाले जानकारी दिएको छ । 

लामो समयदेखि निकै विवादित यो परियोजनाको शिलान्यास हालै गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको तीर्थाटनमा अाउँदा नेपालका प्रधानमन्त्री के.पी. शर्मा अोली र मोदीले अायोजनाको संयुक्त शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?