१२ जेष्ठ २०७९, बिहीवार

आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा एपिएफको विजयी सुरुआत

२०७८,माघ,६,बिहीवार २२:०७

0
Shares

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न उद्घाटन खेलमा विभागीय एपीएफले आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । एपिएफले खेलको पहिलो तथा दोस्रो हाफमा एक÷एक गोल गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

खेलको १४औँ मिनेटमा एपीएफका आभास लामिछानेले गोल गर्दै खेलमा अग्रता बनाए । नविन लामाले पेनाल्टी क्षेत्रभित्र उपलब्ध गराएको बललाई दोस्रो बार च्याप्दै लामिछानेले हानेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६०औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर बनाए । रवि तामाङको प्रहार विपक्षी खेलाडीले ‘डिबक्स’ भित्र क्लियर गर्न नसकेको अवस्थामा लामाले बललाई पोष्टको दिशा दिए । ‘ए डिभिजन’ क्लब सातदोबाटोका अधिकांश खेलाडीसहित मैदान ओर्लिएको आयोजक सहारा खेलमा गोलका अवसर सिर्जना गर्न नसक्दा पहिलो खेलमै पराजय बेर्होन बाध्य बन्यो ।

सहारालाई पराजित गरेको एपीएफले अब क्वार्टरफाइनलमा अमेरिकाको बीवाइएससी मिनेसोटा विरुद्ध खेल्नेछ । खेलमा एपिएफका नवीन लामा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु आठ हजार र ट्रफी पुरस्कार प्राप्त गरे।

“खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित २०औँ संस्करणको प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता छन् ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार २२:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् । एएफसी एसियन

  धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति निर्वाचनका लागि बुधबार दिउँसोसम्म दुई अध्यक्षसहित ४३ जनाको उम्मेदवारी दर्ता

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५