१० जेष्ठ २०७९, मंगलवार

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : स्वेतपत्र जारी गर्ने निर्णय

२०७८,माघ,६,बिहीवार २२:०४

9
Shares

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्न निर्णय गरेको हो ।

प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समितिसमेत निर्माण गरिएको छ । मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत गठन गरिएको छ ।

मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति वैठकले गठन गरेको पनि उनले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको कर्मचारी सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय सीमा दिइएको छ । बैठकले प्रदेशको वित्तीय सुशान जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार २२:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले हराएका पुरातात्विक सम्पदाहरु फिर्ता ल्याउनका लागि पहल गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औषधि उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार

ताजा समाचार

हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२
सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३
आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००