रुकुम– चौरजहारी अस्पतालमा कार्यरत डा कालेब बुढाले १० पटक रक्तदान गरेका छन् । उक्त अस्पतालमै कार्यरत डा सुमन राईले पनि चारपटक रगत दान गरिसके । डा बुढा र राईजस्तै चौरजहारी अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्यकर्मीले पटक–पटक रक्तदान गरिसकेका छन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामीलाई त्यहीँ कार्यरत स्वास्थ्यकर्मीले रक्तदान गर्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमाखबर छापिएको छ ।
अस्पतालमा आवश्यक पर्ने रगतको आधा माग स्वास्थ्यकर्मीबाटै पूर्ति हुने गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा महिनामा करिब १०–१५ पोका रगत आवश्यक पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया