१० जेष्ठ २०७९, मंगलवार

तीन दिनभित्र काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दावी

२०७८,माघ,६,बिहीवार २०:२८

315
Shares

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले तीन दिनभित्रै काठमाडौंमा सिटामोल अभाव अन्त्य हुने दाबी गरेका छन् ।

कोभिड १९ को तेस्रो भेरियन्टसँगै राजधानीमा सिटामोल अभाव चर्किएका बेला अध्यक्ष श्रेष्ठले तीन दिनभित्र अभाव नहुने बताएका हुन् । औषधि व्यवसायी संघको पहलमा आपूर्ति वृद्धि भइसकेको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार औषधि व्यवस्था विभागमा बुधबार मात्रै उद्योगी, व्यवसायीसहित सरोकारवालाको बैठक बसेको थियो । नेपाल औषधि व्यवस्था लिमिटेडले उत्पादन गर्दै आएको सिटामोलको थप १० लाख चक्की दुई दिनभित्रै बजारमा आउने छ ।
सिटामोल र प्यारासिटामोल उत्पादन गर्ने स्वदेशी र विदेशी गरी ३७ वटा कम्पनीले आपूर्ति बढाउन थालेको श्रेष्ठले बताए ।

आपूर्तिको तुलनामा माग बढेकाले अभाव हुनु स्वभाविक भएको बताउँदै अध्यक्ष श्रेष्ठले आवश्यकता भन्दा बढी स्टोर नगरिदिन अपिल पनि गरे ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार २०:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । ३० वैशाखमा भएको मतदानको क्रममा विवाद भएपछि त्रियुगा नगरपालिका वडा

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन्

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । मंगलबार बिहान आएको अन्तिम नतिजा अनुसार मेयरमा जनता समाजवादी

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम आएका मध्ये

ताजा समाचार

सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३
आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००
नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक
 २०७९,जेष्ठ,१०,मंगलवार १६:५२
आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १६:४९