आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस्

लोकपथ
117
Shares

१. पछिल्लो २४ घण्टामा गरिएको २७ हजार ४ सय ९७ परीक्षणमा थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ६ सय ४९ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु

२. त्रिभुवन विश्वविद्यालयको माग ९ गतेदेखि हुने भनिएका सम्पूर्ण परीक्षाहरु स्थगित, लोक सेवाका लिखित परीक्षा पनि माघ मसान्तसम्म रोकियो

३. भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुदेवी यादवको विवादास्पद अभिव्यक्ति, दिइन् सीके राउतलाई ज्यान मार्ने धम्की र गौर हत्या काण्ड दोहोरिन सक्ने चेतावनी

४. राष्ट्रियसभा निर्वाचनका लागि आयोगले जारी ग¥यो २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड, मतदान केन्द्रमा प्रवेश गर्न सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्ने

५. प्रचण्डको स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचनको प्रस्तावमा एमाले महासचिव पोखरेलले गरे व्यंग्य, आफूहरु ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भन्ने सत्ता गठबन्धन अहिले सोही अवस्थामा पुगेको प्रतिक्रिया

६. चितवनमा शिक्षक अस्पताल बन्ने शिक्षामन्त्री देवेन्द्र पौडेलको घोषणा, आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने प्रतिबद्धता

७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको माग, कोरोना महामारीका बीच पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी कार्य गरेको भन्दै सरकारको ध्यानाकर्षण

८. आगामी राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन हुने, सहमतिअनुसार एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रुपा कुमारी यादवलाई मतदान गर्न कार्यकर्तालाई आग्रह

९. संविधानअनुसार स्थानीय तहको जनप्रतिनिधिको रिक्तताको कल्पाना गर्न नसकिने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाइ, स्थानीय तह रिक्त हुनेगरी चुनाव सार्ने निर्णय असंवैधानिक हुने टिप्पणी

१०. काठमाडौं उपत्यकाका मिडिया हाउसमा आगोसरि फैलियो कोरोना, उपत्यकाका विभिन्न सञ्चार माध्यममा गरी २ सय ३० जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि

११. साताको अन्तिम कारोबार दिन नेपाली सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से परिसूचक ३२ दशमलव ९६ अंकले बढ्दा ५ अर्ब ७७ करोडको कारोबार

१२. लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ता इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको दाबी, लालीगुराँसमा पाइने तत्वले कोरोना संक्रमितलाई फाइदा हुने वैज्ञानिकहरुको भनाइ

१३. युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ, रसियाले युक्रेनमाथि हमला गरे अमेरिकाले दियो बदला लिने चेतावनी

१४. आईसीसी पुरुष ‘टी–ट्वान्टी’ विश्वकपको ग्लोबल छनोटका लागि सन्दीपको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा, विनोद भण्डारी र सोमपाल कामी भने टिमबाट बाहिरिए

१५. र, ‘कोपा डेल रे’ अन्तर्गतको खेलमा आज बार्सिलोना र एथलेटिक क्लब भिड्दै, बलियो टिम बार्सिलोनालाई पाराजित गर्ने दाउमा एथलेटिक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?