१२ जेष्ठ २०७९, बिहीवार

बिना दर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्य : एन्फा अध्यक्ष शेर्पा

२०७८,माघ,६,बिहीवार १७:२३

171
Shares

काठमाडौं । आहा रारा गोल्डकपको २०औं संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन् ।

१० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउनु नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताएका छन् । ‘पोखरामा बिनादर्शकको खेल गराउँनु उदाहरणीय र प्रशंसनीय कार्य हो,’ अध्यक्ष शेर्पाले भने ।

हाल नेपालमा समेत कोभिड(१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गरेका छन् । पोखरामा समेत संक्रमण बढ्दै गए पनि गण्डकी प्रदेश सरकारले प्रतियोगिता बन्द रंगशालामा गराउन निर्देशन दिएको थियो ।

यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगितालाई चाडपर्वको रूपमा लिएको र विदेशमा रहेका नेपाली आएर प्रतियोगिताको रौनक बढाएकोमा धन्यवाद दिए । ‘यस फुटबल प्रतियोगितालाई चाडपर्वका रूपमा लिएको छु । अष्ट्रेलिया, हङकङदेखि सपरिवार आएर पर्वका रूपमा हेर्नुभएको छ । धन्यवाद र नमन गर्न चाहन्छु,’ उनले भने ।

जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरण समाप्त भएसँगै लिग रोकिएको छ । नेपाल राष्ट्रिय टोलीले मौरिसससँग १५ र १८ माघमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । यो सँगै लिगले विश्राम पाएको छ भने मोफसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आयोजक टोलीसहित मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब र भुटनीज सकर क्लबको सहभागिता छ ।

उद्घाटन सत्रमा बोेल्दै अध्यक्ष कर्माले प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा ६ महिनाअघि नै तोक्ने र प्रतियोगिता आयोजना गर्न र एकेडेमी सञ्चालनमा एन्फाले प्रत्यक्ष रूपमा सहभागिता जनाउने प्रतिबद्धता जनाए । ‘व्यावसायिक एकेडेमी आयोजना सुरु गर्नुस् । तपाईहरुको एकेडेमीमा एन्फाको पनि प्रत्यक्ष सहभागिता रहनेछ । प्रतियोगिता आयोजना गर्ने मात्रै हैन सफल टिम हुनेमा विश्वास लिन्छु । एन्फाले सहयोग गर्छ । प्रतियोगिता २० वर्ष मात्रै हैन । एक सय वर्ष आयोजना होस् सफल रहोस् कामना,’ उनले भने ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार १७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् । एएफसी एसियन

  धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा लिटल फ्लावर क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लब

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ले प्रायोजन गरेको

ताजा समाचार

पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४
चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६