पुराना वामपन्थी नेता लामाको निधन

बर्दिवास– महोत्तरी जिल्लाका पुराना वामपन्थी नेता कुञ्जवीर लामाको ९३ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ ।

जिल्लामा कम्युनिष्ट पार्टीका संस्थापकमध्येकै एक रहेका लामाको बर्दिवास–१३, बिजलपुरास्थित आफ्नै घरमा निधन भएको हो । लामा पछिल्ला केही महिनायता दम र मधुमेहले ग्रसित रहँदै आउनुभएको थियो ।

विसं १९८२ मा बिजलपुरामै जन्मनुभएका लामा जिल्लामा २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो जिल्ला संगठन कमिटी गठन हुँदा सदस्य हुनुहुन्थ्यो । त्यसबेला एउटै कम्युनिष्ट पार्टी रहेका बेला जिल्लामा गठन भएको पहिलो संगठन कमिटीको सदस्य रहेकाले यहाँको हकमा लामा संस्थापक रहनुभएको जिल्लाकै बर्दिवास–१ का बासिन्दा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजु खड्काले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?