कोरोनाको नयाँ रेकर्ड : थपिए १२ हजार बढी संक्रमित (तथ्यांकसहित)

लोकपथ
364
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । देशभर २७ हजार ४ सय ९७ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै देशभर थप ६ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार ६ सय ३२ पुगेको छ ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा अत्याधिक मात्रामा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?