१३ जेष्ठ २०७९, शुक्रवार

जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा

२०७८,माघ,६,बिहीवार १५:०३

99
Shares

सर्लाही । जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ ।

अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि १७ वटा एचडियू बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिए। अस्पतालमा ६५ थान अक्सिजन सिलिण्डर र ४० अक्सिजन कन्सन्टेटर तयारी अवस्थामा राखिएको पनि उनले बताए । उनले भने, “अब गम्भीर अवस्थाका सङ्क्रमितको उपचार जिल्लामै गर्न सकिन्छ ।”

अस्पतालको पुरानो भवनलाई कोभिड वार्डको रुपमा छुट्याइएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले बताइएको छ । सर्लाहीमा अहिले तेस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमणबाट ३६ जना सङ्क्रमित भएका छन् । उनीहरु सबै होम आइसोलेसनमै छन् ।

मलङ्गवा नगरपालिकाका नगर प्रमुख नीरसल साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख डा चन्दन झासमेत कोरोना सङ्क्रमित भई आइसोलेसनमा रहेका छन् । कोरोना सङ्क्रमण बढेपछि जिल्ला अस्पताल मलङ्गवामा पीसिआर ल्याब पुनः सञ्चालनमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।

तर लक्षण देखिएका बिरामीले कोरोना भाइरस सङ्क्रमण परीक्षणमा बेवास्ता गरेकाले नियमित रुपमा ल्याब सञ्चालन गर्न समस्या परेको अस्पतालले जनाएको छ । परीक्षणमा बेवास्ता, सडक, बजारमा निस्कँदा मास्क नलगाउने, भीडभाड गर्नेजस्ता लापरबाही गर्नेलाई कोरोना सङ्क्रमण फैलन मद्दत पुगिरहेको अस्पतालका प्रमुख डा झाले बताए ।

भारतसँगको खुल्ला सिमाना र जिल्लाका हाटबजारमा नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्ने गरेका कारण पनि जिल्लामा कोरोना भाइरस सङ्क्रमण दर बढेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: २०७८,माघ,६,बिहीवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा

उदयपुर । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार

काठमाडौं । पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५