राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लाेसपाबीच गठबन्धन

लोकपथ
806
Shares

काठमाडौं । आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ ।

बिहीबार नेकपा एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम औतार यादव र लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलबीच उक्त सहमतीमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार राष्ट्रिय सभामा नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपा कुमारी यादव (साइकल छाप) लाई मतदान गर्न दुवै पार्टीका नेता कार्यकर्तालाई आग्रह गरिएको छ ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धनको सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?