स्थानीय निर्वाचनबारे बोले कांग्रेस महामन्त्री थापा

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानअनुसार स्थानीय तहको जनप्रतिनिधिको रिक्तताको कल्पाना गर्न नसकिने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता थापाले निर्वाचनबारे निर्णय गर्दा स्थानीय तह जनप्रतिनिधिविहिन बनेको उक्त कार्य असंवैधानिक हुने बताए ।

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ’, उनले भनेका छन् ।

कानुनतः स्थानीय तहको निर्वाचन हरेक ४/४ वर्षमा हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।

यसअघि २०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । कानुनी प्रावधानअनुसार आगामी वैशाखसम्म निर्वाचन हुनुपर्नेछ ।

यद्यपि स्थानीय तह जनप्रतिनिधिविहिन बन्ने अवस्था आउनेछ । सोही प्रशंगमा महामन्त्री थापाले सो कुरा स्पष्ट पारेका हुन् ।

सोही क्रममा नेता थापाले यसअघिको असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको वर्तमान सरकारले हरेक निर्णय गर्दा संविधानको कसिमा रहेर सही निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

‘कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?