धनगढीमा रगत अभाव कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
शनिबार धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्र र आदर्श नव यूवा क्लवको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ६० प्रीन्ट रगत संकलन भएको रक्त सञ्चार केन्द्र धनगढीले जनाएको छ । रक्त सञ्चार केन्द्र धनगढीमा दैनिक ३० प्रीन्ट रगत आवश्यक परेपनि हाल रगत न्यून रूपमा संकलन हुँदै आएपछि आवश्यक परेको समयमा रगत नपाइने अवस्था रहेको छ ।
रक्तदान कार्यक्रमको प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले एक समारोहका बीच उद्घाटन गरेका थिए । कानुन मन्त्री शाहले रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तलाई रक्त संकलन थैला हस्तान्तरण गरेर कार्यक्रमको सुभारम्भ गरे ।
मन्त्री प्रकाश शाहले सबै दान आ–आफ्नो ठाउँमा महत्त्वपूर्ण भएपनि सबैभन्दा महत्व रक्तदान गरेर मान्छेको जीवन बचाउँनु रहेको बताए ।
रक्तदान कार्यक्रमको शुभारम्भ कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, सेवा केन्द्रका अध्यक्ष जगतबहादुर बम, वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्रका सहसचिव भीम चौधरीले सञ्चालन गरेको कार्यक्रम आदर्श नव यूवा क्लवका अध्यक्ष निराजन खड्काको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया