भारतले दुईतर्फी एयर रुट दिने

काठमाडौं । भारतले नेपाललाई दुईतर्फी एयर रुट दिने भएको छ । शनिबार भारतले नेपाललाई जनकपुर र विराटनगरबाट पनि दुईतर्फी एयर रुट दिने भएपछि नेपाल र भारत बीचमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

अब अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं–विराटनगर र काठमाडौं–जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । यसका लागि नेपालको तर्फबाट नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

बिहीवार र शुक्रवार दुईपक्षले नेपाललाई नयाँ हवाई रुटहरु दिनेबारे वार्ता गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?