पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

लोकपथ
112
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेको छ ।

बुधबार रातिदेखि लागूहुने गरि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

त्यसको विरोधमा नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी कार्य गरेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री तिमल्सिनाले अत्यावश्यकीय उपभोग्य वस्तु माथि पटकपटक मूल्यवृद्धि गर्नुले आम उपभोक्ताले पिडा खेप्नुपरेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका हुन् ।

‘अत्यावश्यकीय उपभोग्य वस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु ।’ उनले भनेका छन्, ‘कोरोना भाइरसको तेस्रो लहरको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई सर्वसुलभ सेवा,सहुलियत र राहतको जरुरत रहेकोमा उल्टो थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि प्रति घोर भर्त्सना गर्दछु।’

त्यसैगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएपछि सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुन सक्ने आशंका पनि गरिएको छ। त्यस्तै पेट्रोलियम पदार्थमा आहतका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप लगाएका छन् ।

‘पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएबाट पुनस्सबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित छ ।आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ ।’ उनले भनेका छन् ।

निरन्तरको मूल्यवृद्धिलाई स्वचालितको हवला दिइए पनि कालोबजारी र चुहावट नियन्त्रण र संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्यस्थिरिकरण कोषमा संचित रकमको उपभोग, अनावश्यक कर कटौती तर्फ निगमले कुनै पहल नगरेको समेत आरोप लगाएका छन् ।

‘स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण,संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग,अनावश्यक कर हरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी संकट र महामारीकै बीच पटकपटक गरिएको मुल्यबृद्धि जनबिरोधी कार्य भएको हाम्रो ठहर छ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?