काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिलो मिसिएको पानी प्रयोग नगर्न सचेत गराएको छ ।
मौसमविद् मिन कुमार अर्यालले धमिलो र पहेलो रंगको हिलो मिसिएको पानी कुनै पनि प्रयोजनका लागि उपयुक्त नरहेकाले संकलित पानी फालेर नयाँ पानी प्रयोग गर्न सुझाव दिए ।
उनले पहेलो र हिलो मिसिएको पानी प्रयोग भएमा महामारी फैलिन सक्ने खतरा औल्याए ।
भारतको राजस्थान आसपासको मरुभूमिमा चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले पूर्वतिर सर्दै गंगाको फाँटमाथिको वायुमण्डल हुदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा शुक्रबार राती परेको बर्षा पहेलो र हिलो मिसिएको पाईएको उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया