१ हजारले बढ्यो सुनको मूल्य

लोकपथ
182
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १३१५ रुपैयाँमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?