काठमाडौंको नयाँ बजारमा सवारी दुर्घटना,  १ को मृत्यु

काठमाडौं । काठमाडौंको नयाँबजार पिपुल्स अस्पताल स्थित सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शनिबार बिहान ११ बजे बा २ ख ७०६ नम्बरको माइक्रो बस, बा ३४ प ३६६७ नम्बरको मोटरसाइकल र बा ५३ प ३७८२ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा सवारी दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर पछाडि सवार नुवाकोट घर भई हाल काठमाडौं बस्ने ४० वर्षिय पवित्रा देवी भट्टको उपचारको क्रममा पिपुल्स अस्पतालमा मृत्यु भएको छ । 

महानगरीय प्रहरी वृत्त सोहृखुट्टेले दुर्घटनामा संलग्न सवारी साधन सहित चालकहरुलाई नियन्त्रणमा लिएको छ । 

घटना सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी वृत्त सोहृखुट्टेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?