ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संगठन विस्तारमा सक्रिय हुन ललितपुरका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । राप्रपा ललितपुरद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीले अंगीकार गरेका एजेण्डालाई तल्लो तहसम्म पुर्याउन संगठन विस्तार अनिवार्य रहेको बताएका हुन् ।
जिल्ला विकास समिति लालितपुरको सभाकक्षमा शुक्रबार सम्पन्न उक्त भेलालाई पार्टीका उपाध्यक्ष तथा पूर्व मन्त्री बुद्धिमान तामाङ महामन्त्री मा. राजेन्द्र लिङदेनलगायतका केन्द्रीय नेतृत्वले
सम्बोधन गरेका थिए । राप्रपा ललितपुरका जिल्ला अध्यक्ष आनन्द अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य निरन्जन थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रमा ललितपुरका विभिन्न ठाउँका व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष कमल थापाले खादा लगाएर स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया