नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा आचार्य विजयी, अरु को–को विजयी भए ?

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको  अध्यक्षमा  पुष्पकर आचार्य विजयी भएका छन् । आचार्यले १ मत ल्याउँदा प्रतिस्पर्धी खिला दाहालले ५३३ मत ल्याए । 

यस्तै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रसाद यादव विजयी भएका छन् भने खुल्लातर्फको उपाध्यक्षमा अजय कुमार राई र तेजेखन्द्र जंक कार्की विजयी भएका छन् । 

यसैगरी महिला उपाध्यक्षमा इन्दिरा सापकोटा, सेवा क्षेत्र उपाध्यक्षमा नेत्र विक्रम थापा, उत्पादन क्षेत्र उपाध्यक्षमा ललितबहादुर क्षत्री र अनौपचारिक तथा स्वरोजगारतर्फको उपाध्यक्षमा आशा सिंह राठौर विजयी भएका छन् । 

उपमहासचिव खुल्लातर्फ गणेश बहादुर केसी र ज्योती कोइराला विजयी भए भने  समावेशीतर्फ राधिका कुइँकेल, सिताराम अवस्थी इश्वर बहादुर परियार र राजेश पालिखे विजयी भए । यस्तै कोषाध्यक्षमा सुशीला घिमिरे (महिला) र मोहन कुमार बस्नेत विजयी भए । 

यस्तै सदस्यमा कुल बहादुर खड्का, जनकराज पाण्डे, दुर्गादत्त शर्मा आचार्य, ध्रुवचन्द्र गौतम, बलदेब तामाङ,  लक्ष्मण प्रसाद भट्टराई , वीरेन्द्र कमार साह, र सञ्जयकुमार शाह विजयी भए । 

यसैगरी महिला सदस्यतर्फ उर्मिला कुमारी ढकाल, कमला खनाल, निलम लेखक जोशी, बाला थापा श्रेष्ठ, रशामाया गुरुङ, लक्ष्मी केसी, र सरस्वती ढुंगाना विजयी भए भने  सेवा क्षेत्र तर्फको सदस्यमा खुल्लतर्फ देवदत्त बडू, पुष्डप्रसाद भट्टराई र अनिता मण्डल विजयी भए भने उत्पादन क्षेत्र तर्फ दुर्गा प्रसाद घिमिरे, माधव प्रसाद उपाध्याय र चन्दन झा विजयी भए । 

अनौपचारिक तथा स्वरोजगार सदस्यतर्फ उद्धब  बहादुर बानियाँ, जित बहादुर गुरुङ र सितादेबी काफ्ले विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?