१. नेपालमा एकैदिन हालसम्मकै उच्च संक्रमित थपिए, पछिल्लो २४ घण्टामा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण, ६ सय १३ जना संक्रमणमुक्त हुँदा ४ जनाको मृत्यु ।
२. सरकारले कोरोना परीक्षणको शुल्क घटायो, सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुने, अन्यले सरकारीमा ८०० र निजीमा १५०० रुपैयाँ तिर्नुपर्ने ।
३. हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगरिने, यात्रुले दोब्बर माक्स लगाउनुपर्ने र खोप कार्ड देखाउनुपर्ने ।
४. परीक्षण गरेकामध्ये ५२ दशमलव ६ प्रतिशतमा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ६ हजार २ सय ६३ जना संक्रमित थपिए ।
५. सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने अर्थमन्त्री जनार्दन शर्माको भनाइ, खेलाडीको सेवा सुविधा बढाउने विषयमा पहल गर्ने प्रतिबद्धता ।
६. लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सिन्डिकेट अन्त्य गर्नुपर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ, केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप ।
७. कोरोना संक्रमण बढेसँगै पशुपतिनाथ मन्दिर प्रवेशमा रोक, भक्तजनलाई रोक लगाइएको भन्दै सरोकारवालाहरुको विरोध ।
८. कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी, परीक्षा स्थगित गर्नेबारे भोलि निर्णय हुने ।
९. कोरोना संक्रमितलाई परीक्षा हलमा सँगै राखिएको भन्दै काठमाडौँको कान्तिपुर इन्टरनेसनल कलेजमा तनाव, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षार्थीद्वारा परीक्षा बहिष्कार ।
१०. अत्यधिक चिसो बढेसँगै तराईका जिल्लाहरूमा जनजीवन कष्टकर, हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवा प्रभावित ।
११. बुधबार पनि घट्यो नेपाली सेयर बजार, नेप्से परिसूचक ३८ दशमलव ३५ अंकले घट्दा कारोबार रकम पनि ६ अर्बमा खुम्चियो, १३ वटै उपसमूह राताम्य ।
१२. कोभिड–१९ संक्रमण तत्काल अन्त्य हुने संकेत नदेखिएको विश्व स्वास्थ्य संगठनको भनाइ, युरोपियन देशहरुमा तीव्र रुपमा फैलिरहेको भन्दै ओमिक्रोनलाई सामान्य आकलन नगर्न आग्रह ।
१३. अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने, अफगानिस्तानलाई कोभ्याक्समार्फत अहिले १० लाख खोप उपलब्ध गराउने ।
१४. प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि एपीएफले हात पार्यो, नेपाल पुलिस क्लब २१ रनले पराजित ।
१५. र, इङ्लिस प्रिमयर लिग अन्तर्गतको खेलमा आज बेन्टफर्ड र म्यान्चेस्टर युनाइटेड भिड्दै, दुवै टिम एक अर्कालाई हराएर अंक तालिका सुधार्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया