कोरोना अपडेट : कुल संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै

लोकपथ
112
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५ सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ११ हजार ३ सय ५२ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।

यो हालसम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ९ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार थप ४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?