काठमाडाैं : नेपाली कांग्रेसको भातृसंगठन नेपाल ट्रेड युनियन कांग्रेसको चुनावी नतिजा पार्टी शमापति शेरबहादुर देउवा प्रतिकूल अाएको छ ।
मजदुर निकट पार्टी संगठनको छैंठाैं अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेता कृष्णप्रसाद सिटाैलाले नयाँ नेतत्वमा पुष्कर अाचार्यका लबिइङ गरेपछि देउवा पक्षबाट अध्यक्षका उम्मेदवार खिलानाथ दाहाल पराजित भए । दाहाल संगठनका निवर्तमान अध्यक्ष पनि हुन् ।
पार्टी केन्द्रीय महाधिवेशन भएको लामो समयपछि शुरू गरिएको भातृ संगठनको चुनावमा सभापति देउवाको पटक गुम्दै गएको छ । यसअघि पार्टीनिकट शिक्षक, कर्मचारी र र्इञ्जिनियरहरूको संगठनमा भएको चुनावमा पनि देउवा पक्षले हार व्यहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया