काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पहिलो बैठक आज बालुवाटारम बस्दैछ ।
शनिबार अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो बैठक बस्ने नेकपाले जनाएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकको आह्वान गरेका हुन् ।
बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय सदस्य रिजालका अनुसार, स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् कार्यक्रम तय भएको छ । त्यस्तै महासचिव विष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् ।
बैठकबाट पार्टी सञ्चालन नियमावली पारित गर्ने सम्भावना छ । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीको ५ असारमा हुने आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुने बताइएको छ ।
त्यस्तै आजै ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्ने नेकपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया