काठमाडाैं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपालले ७ सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ । डा. भट्टरार्इ संयोजकत्वमा हेडक्वार्टर गठन गरिएको हो ।
हेडक्वार्टरमा डा. भट्टरार्इसहित नवराज सुवेदी, डम्बर खतिवडा, हिसिला यमी, परशुराम तामाङ र प्रशान्त शिंह सदस्य छन् । पार्टी नेतृ एवं बाबुरामपत्नी यमीलार्इ राष्ट्रिय मामिला संयोजक तोकिएको छ ।
पार्टीको दैनिक कार्यसम्पादनलार्इ सहज बनाउन यो कार्यालय टीम गठन भएको नयाँ शक्तिले जनाएको छ । हालको हेडक्वार्टर कुनै मर्यादाक्रम नभएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
नयाँ शक्तिले अागामी मंसिरमा पार्टी महाधिवेशन घाेषणा गरेको छ । सोही महाधिवेशन सम्पन्न गर्न हेडक्वार्टर गठन गरेको जनार्इएको छ । पार्टी प्रवक्ता प्रशान्त शिंहलार्इ सचिवालयमा राखेको छ भने दुर्गा शोबलार्इ अांगिक संगठनहरूको संयोजन गर्ने जिम्मा ताेकेको छ । यस्तै, भक्तबहादुर शाहलार्इ उत्पादन र स्वरोजगार विभाग प्रमुखको जिम्मेवारी तोकेको नयाँ शक्तिले जनाएको छ ।
देवेन्द्र पराजुलीलार्इ प्रवास र टिका पाैडेललार्इ किसान संगठनको इन्चार्जको जिम्मेवारी दिएको नयाँ शक्तिले नेताद्वय केशव दाहाल र देवी अोझाले दिएको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया