१० जेष्ठ २०७९, मंगलवार

कोरोनाका कारण ‘ग्रामी अवार्ड’ स्थगित

२०७८,माघ,५,बुधबार १५:१७

81
Shares

काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ ।

आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको जानकारी दिएको हो । यो अवार्ड यसअघि ३१ जनवरीमा गर्ने तयारी थियो ।

आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन् ।

यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ । जसमा कैयौं हस्तीहरू सहभागी हुँदै छन् । यो शोलाई प्रख्यात कमेडियन ट्रेवर नूह होस्ट गर्दै छन् । अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो ।

ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो । यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ ।

कोभिड महामारीका कारण ग्रामी अवार्ड दोस्रो पटक स्थगित गरिएको हो । यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो । यो अवार्ड जनवरीको सट्टा मार्चमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति: २०७८,माघ,५,बुधबार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने

काठमाडाैं । गायक अमृत एडीले ‘आऊ अलि वर आऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रमोद पन्तको सङ्गीत र देवदत्त

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ । सार्वजनिक भएकाे

काठमाडौं । उदयिमान लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी बेलायतमा सम्मानित भएकी छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत

ताजा समाचार

हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२
सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३
आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००