महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री प्रदान

लोकपथ
78
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक सामग्री प्रदान गरेकाे छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका वडा नं. १४ लोहाचोकमा रहेको चोईना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्रछात्राहरुलाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीको लागि आवश्यक उपकरण सहयोगस्वरुप प्रदान गरेको छ ।

बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयमा एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भिम प्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुका साथै यस किसिमको सहयोगले विद्यालय एवं बालबालिकाको शैक्षिक स्थरको विकासमा टेवा पुग्ने बताए ।

बालबालिकाहरु राष्ट्र निर्माणका आधार भएको बताउँदै सातदोबाटोका शाखा प्रबन्धक प्रसन्न सुवेदीले बालबालिकाहरुको शैक्षिक अभिवृद्धिमा बैंक सधै कटिबद्ध रहेको कुरा जानकारी गराए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?