रिया चक्रवर्तीले सेयर गरिन् अलिबागको भिल्लामा छुट्टीका तस्बिर

लोकपथ
1.4k
Shares

काठमाडौं । सुशान्त सिंह राजपुतको मृत्युपछि सबैभन्दा बढी चर्चामा रहेकी पात्र हुन् बलिउड अभिनेत्री रिया चक्रवर्ती । लामो समयदेखि उनी सामाजिक सञ्जालमा ट्रोलको सिकार हुनुपरेको छ ।

नायिका रिया यतिबेला आफ्नो छुट्टीलाई लिएर चर्चामा छिन् । रिया चक्रवर्ती अहिले महाराष्ट्रको अलिबागमा छुट्टी मनाइरहेकी छिन् । रियाले यसका केही तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

रिया गुलाबी रंगको नाइट सूट लगाएर हातमा कफीको मग लिएर पोखरीको छेउमा बसेकी देखिन्छिन् । यो तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘म यो एक कप तातो कफी र तातो घामका लागि आभारी छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?