बढेको बढ्यै ओमिक्रोन : के भन्छन् जनस्वास्थ्यविज्ञ डा. पाण्डे ?

लोकपथ
525
Shares

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्यामा बढिरहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट अर्थात् ओमिक्रोनका बिरामीको संख्या ह्वात्तै वृद्धि भएको छ ।

सो क्रममा चिकित्सक एवं विज्ञहरुले सुरक्षित रहन आग्रह गरेका छन् । सोही क्रममा जनश्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले आफूलाई कोरोनाको लक्ष्यण देखिएमा होम आइसोलेसनमा राख्न सुझाव दिएका छन् ।

मृत्युदर कम भए पनि परीक्षणको दायरा बढाउनका लागि आग्रह गरेका छन् । सरकारी अस्पतालमा निशुल्क, वडा वडामा निशुल्क र निजी अस्पतालमा ५-६ सय रुपैयाँमा पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

साथै यसअघि सरकारी अस्पताल र वडावडामा निशुल्क पीसीआर परीक्षण निःशुल्क हुने भए पनि हाल निजी प्रयोशलालाई दिएको भन्दै आपत्ति जनाएका छन् ।

‘सरकारसंग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडावडामा निशुल्क पिसिआर टेस्ट हुन्थ्यो । निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो । यति ठूलो संख्यामा संक्रमण बढ्दा पनि निजी प्रयोगशालालाई पोस्ने काम किन भइरहेको छ ? सरकारीमा निशुल्क, वडा वडामा निशुल्क अनि निजीमा ५-६ सयमा पिसिआर टेस्ट गर्ने काम आजैदेखि होस्’, उनले भने ।

त्यसैगरी ओमिक्रोनबारे सञ्चारमाध्यमले डरको खेतीपाती नगरेर कमजोर प्रजाती भएको र यसको असर कम हुनेबारे जानकारी दिनुपर्नेमा जोड दिएका छन् ।

‘संविधानप्रदत्त अधिकार कुण्ठित हुने काम नहोस् । संचारमाध्यमले डरको खेतीपाती नगरेर ओमिक्रोन कमजोर प्रजाति भएको तथा यसको असर सामान्य भएको तथ्य जनतासामु उजागर गरुन् । ’उनले भनेका छन् ।

नेपालमा केही दिनयता कोरोना संक्रमणको जोखिम अत्याधिक मात्रामा बढेको छ । मंगलबार मात्रै नेपालमा एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?