काठमाडौं- चावहिल जोरपाटी सडक तीन बर्षअघि विस्तार कार्य शुरु भएको हो ।
२०७४ फागुनमा सम्पन्न गर्नुपर्ने सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।
निर्माण गर्नुपर्ने म्याद गुज्रेको करिब ४ महिना भइसकेको छ ।
तर, १० प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । आजको कान्तिपुरमा याे समाचार छापिएको छ ।
बर्षातमा हिलाम्मे र गर्मीमा धुलाम्मे हुने यो सडकको अवस्था नाजुक छ ।
बर्षातमा गाइभैंसी पौडने आहाल बन्छ । धुलो र हिलोले सडक छेउका पसले बसि नसक्ने अवस्था हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया