के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
546
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ६ सय रहेकोमा आज तोलामा १ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९२ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार २ सय रहेको छ ।

महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार प्रतितोला चाँदीको मूल्य ५५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार २ सय ५५ रहेको थियो । भने आज १ हजार २ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?