निन्द्रा लागेन ? अपनाउनुहोस् यी टेक्निक !

लोकपथ
728
Shares

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले उमेअनुसारको तपाईलाई आवश्यक पर्ने निन्द्राको समय दिएका छन् ।

तपाईको उमेरअनुसारको निन्द्रा हुनुपर्ने समय हेर्नुहोस् ।

नवजात (०–३ महिना) भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ भण्टा सुत्नुपर्छ । ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निन्द्रा पुग्छ, तर १९ घढटाभन्दा बढि सुत्न दिनु हुँदैन ।

शिशु (४–११ महिना) यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निन्द्रा हो । कम्तीमा १० घण्टासुत्दा पनि निन्द्रा पुग्छ, तर शिशुहरुलाई १८ घण्टाभन्दा बढि कहिल्यै सुत्न दिनु हुँदैन ।

वामे सर्नेहरु (१–२ वर्ष) यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नुपर्छ । यिनीहरु कम्तीमा ९ देखि १५ घण्टाको निन्द्रा हो ।

विद्यालय जानु अघिका (३–५ वर्ष) विशेषज्ञहरुले यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नुपर्ने बताएका छन् । तर, ८ घण्टाभन्दा कम र १४ घण्टाभन्दा बढि निन्द्रा यिनीहरुलाई उपयुक्त हुँदैन ।  

स्कुले उमेरका (६–१३ वर्ष) यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ । ७ घण्टाभन्दा कम र १२ घण्टाभन्दा बढिको निन्द्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन ।

किशोरकिशोरी (१४–१७ वर्ष) किशोरकिशोरहिरुका लागि सुझाएको निन्द्राको अवधि ८ देखि १० घण्टा हो । तर यिनीहरुले ११ घण्टाभन्दा बढि र ७ घण्ठाभन्दा कम सुत्नु उपयुक्त नहुने जनाएको छ ।

युवा (१८–२५ वर्ष) युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो । यिनीहरुले ६ घण्टाभन्दा कम र ११ घण्टाभन्दा बढि सुत्नु हुँदैन ।

वयस्क (२६–६४) वर्ष यो उमेरका समूहका लागि सुझाएको निन्द्राको अवधि युवाहरुको लागि जस्तै हो ।

वृद्व (६५ वर्ष भन्दामाथि) यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निन्द्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९-९ घण्टाभन्दा बढि सुत्नु हुन्न ।

लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्’ निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर को यो भनाई तपाईले कत्तिको लागू गर्नुभएको छ ?

वाकरले भनेका छन्, पछिल्लो समयका मानिसहरु प्रविधीमा हिमचिम बढाएर आफ्नो निन्द्रा साटिरहेका छन् । तर यसको दिर्घकालीन असर डरलाग्दो छ । मानिसहरुमा निद्रा नपुग्दा शारीरिक धेरै प्रकिया अवरुद्ध हुन्छन् र हृदयरोग, क्यान्सर र मधुमेहको जोखिम बढ्छ। दैनिक सातदेखि नौ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ। तपाईलाई थाहा छ ? पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ। निन्द्रा नलाग्ने मानिसले के गर्ने ? प्राकृतिक निन्द्राको लागि तपाईले केहि टेक्निक फलो गर्नुपर्छ । जुन विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ ।

एउटै निश्चित समयमा सुत्ने

-क्याफिन नखाने

-बिहान पर्याप्त घाममा बस्ने

-सकारात्मक सोँच राख्ने

-बेडमा पुगेपछि मोबाईल आफूबाट पर राख्ने नचलाउने

-शान्त रहने

-सन्तुष्ट हुने

-आफूलाई माया र सम्मान गर्ने

-सकेसम्म चाँडै विहानको खानेकुरा खाने

-बिहान मात्रै शारीरिक व्यायाम गर्ने

-नियमित आहारव्यहार गर्ने

-रिस, राग ,लोभ ,मोह त्याग्ने

-नियमित शारिरीक व्यायाम गर्ने

-सधैँ एउटै समयमा दिउँसोको खाना खाने र राति सात बजेपछि केही नखाने

स्लीप मेडिसिन नामक जर्नलमा प्रकाशित शोधमा यी टेक्निक अपनाएमा तपाईको निन्द्रा सम्बन्धी समस्यामा समाधान हुने कुरा लेखिएको छ ।

रातमा निन्द्रा परेन भने यी उपाय पनि फलो गरीहेर्नुहोस् है ?

जब हामी मस्त निदाउन सक्दैनौं, जब हाम्रो निन्द्रा बिथोलिन्छ त्यही नै अनिन्द्रा हो । निन्द्रा पुरा नहुँदा शरीरलाई आराम मिल्दैन । यसको नकारात्मक असर हाम्रो स्वास्थ्य र मस्तिष्कमा पर्छ । पर्याप्त निन्द्रा लिन नपाएमा हामीभित्र मानसिक तथा शारीरिक बिकारले डेरा जमाउँछ । अधिकांश नेपालीहरुको समस्या के छ भने उनीहरुको कुनै सुत्ने समय छैन । हो, यसकारण उनीहरु निकै ठूलो समस्यामा फसेका छन् । धेरैलाई हरेक बिहान फ्रेस देखिनुको सट्टामा निन्द्रा नपुगेजस्तो हाई काढिरहेको आलस्य, आँखाहरु अनिँदो देखिन्छ । कसैको आँखा त रातो भइरहेको हुन्छ । यसको कारण के हो भने उनीहरु पर्याप्त मात्रामा सुतेको पनि हुँदैनन् । यसकारण ले गर्दा यो समस्या आएको हो ।

सामान्य तया बोलीचालीको भाषामा भन्ने गरिन्छ ‘एक दिनको निन्द्राले सात दिन पिरोल्छ ।’ यो भनाइ विल्कुलै सही हो । एक दिन राम्रो निन्द्रा परेन भने हरेक समस्याहरु सामना गर्नुपर्ने हुन्छ । साधारणतया मानिसहरु कम्तिमा आठ घण्टा सुत्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

विज्ञहरु थप्छन्, महिलाहरुले धेरै मस्तिष्कको प्रयोग गर्नुपर्ने हुन्छ । थोरै समय काम गर्नुपर्ने भएपनि धेरै काम गर्नेपर्ने भएकाले दिमागलाई ताजा र चलायमान राख्न उनीहरुले पुरुषको तुलनामा बढी सुत्नुपर्ने हुन्छ । अझ धनाढ्य परिवारमा निदाउनको लागि हरेकलाई क्याप्सुलको आवश्यकता पर्छ । कतिपय सेलिब्रेटी मदीरा र क्याप्सुलमध्ये एक विना सुत्नै सक्दैनन् । यसका अलावा तन्नेहरु भविष्य प्रेम समबन्ध साथीभाई र सामाजिक सञ्जालका विभिन्न एपमा घण्टौँ बिताएर बस्ने भएका कारण उनीहरुलाई निन्द्रा अपुग हुन्छ । यो समस्या समाधानका लागि हामीले केहि टिप्स जम्मा पारेका छौँ ।

यदि हरेक रातमा ३ देखि ५ बजेको बीचमा तपाईको निन्द्रा खुल्छ भने तपाईको फोक्सो र तपाईको दुखि स्वभाव यसको कारण हुन सक्छ । यसको लागि श्वासप्रश्वाससम्बन्धि व्यायाम र प्रार्थना गर्नु उत्तम हुन्छ ।
यदि हरेक रात ९ देखि ११ को बीचमा निन्द्रा आउँदैन भने यो तपाईले चलाएका विभिन्न एप तिनको स्क्रिन कलर र विज्ञापन आदीको कारणले हो । यस समयमा निन्द्रा आउँदैन भने तपाई निकै चिन्तित र तनावमा हुनुहुन्छ भन्ने कुराको संकेत हो । यसको लागि मेडिटेशन गर्नु उत्तम उपाय हुनसक्छ ।

यदि तपाई राति ११ बजेदेखि १ बजेको बिचमा ब्यूझिँनुहुन्छ भने तपाईको ‘इमोशनल डिसापोइन्टमेन्ट’ को इशारा गर्छ । पवित्र मन्त्र जप गर्ने , माफ गर्ने वा आफ्नो बर्तमान अवस्थालाई स्विकार गर्न सिक्नुस् यो समस्याको समाधान मिल्नेछ ।

रातको १ बजे देखि ३ बजेको बीचमा ब्यूँझिनु भयो भने यसले तपाईको भित्रि मनमा लुकेको आक्रोशलाई ईशारा गर्छ । यसबाट बच्नको लागि चिसो पानी पिउनु पर्छ र ध्यान गर्नुपर्छ ।

तपाईलाई थाहा छ ? वयस्कलाई सुत्नको लागि ७ देखि ८ घण्टा उत्तम हुन्छ । यसका अलावा बालबालिकाहरु उमेरसमूह हरेर सुत्नुपर्छ । बृद्धबृद्धालाई पनि निन्द्रा नलाग्ने समस्या हुन्छ ।

हामी मध्ये धेरैको बानी हुन्छ, रातमा निद्रा परेन भने विभिन्न काम गर्ने अथवा अनेक खाने कुराको सहारामा निद्रा खोज्ने प्रयत्न गर्ने हुन्छ । अनिद्राका कारण हाम्रो शक्ति, भावनात्मक सन्तुलन र स्वास्थ्यमा नकारात्मक असर पुग्छ । त्यसैले पनि हामी विविध उपाय अपनाएर भएपनि निदाउने प्रयास गर्छौ । तर, हरकोहीलाई सजिलै निद्रा आउँदैन ।

चुरोट पिउने
रातमा निद्रा परेन भनेर धेरैको चुरोट पिउने बानी हुन सक्छ । एक अनुसन्धानका अनुसार चुरोट पिउने मानिस अरु मानिसभन्दा ढिला निदाउने, थोरै सुत्ने र थोरै गहिरो निन्द्रामा पर्दछन् ।

रक्सी पिउने

तपाईंले जति धेरै पिउनुहुन्छ त्यति नै खराब तपाईंको ह्याङओभर र निन्द्राको गुणस्तर हुने गर्दछ । यसले कालान्तरमा तपाईलाई निन्द्रा नलाग्ने जस्तो गम्भिर रोग थपिदिन्छ ।

क्याफिनको सेवन
क्याफेन एउटा यस्तो पदार्थ हो जसलाई तपाईंले बेलुकीपख र राती सकभर निषेध गर्नुपर्छ । मध्यरातमा कफी अथवा इनर्जी ड्रिंक्सको सेवन गर्नु भनेको तपाईंले आफ्नो अनिन्द्रालाई लम्ब्याउनु हो ।

चिनीयुक्त खानेकुराको सेवन
यस्ता खानेकुरा तपाईंले दिउँसो पनि खानुहुँदैन । तर यसलाई राती खानुहुन्छ भने यसले तपाईंको क्यालोरी बढाउने काम गर्छ भने अन्त्यमा तपाईंलाई निन्द्राबाट पनि वञ्चित गर्दछ ।

स्पाइसी मसालेदार, पिरो, अमिलो खानेकुराको सेवन
बेलुका अथवा राती स्पाइसी खानेकुरा खानाले तपाईंको शरीरमा समस्या आउँछ । निन्द्रा पनि भगाइदिन्छ ।

पानी र अरु पेय पदार्थको सेवन
सुत्नुभन्दा एकघण्टा अगाडि पानी अथवा अरु पेय पदार्थको सेवन हानीकारक हुने विज्ञहरु बताउँछन् । सुत्नुभन्दा अगाडि तपाईंको शरिरले ती तरल पदार्थलाई खाली गर्नुपर्ने हुन्छ । सुत्नुभन्दा अघि अत्यधिक पानी पिउनाले तपाईंको शरिरले तपाईंलाई रातभरी वासरुम गइरहन बाध्य बनाउँछ । निन्द्रा लागिरहेको बेला यसो गर्नु पक्कै पनि कसैलाई पनि मनलाग्दैन । यदि गइहाल्नुभयो भने तपाईको निन्द्रा खल्बलिन्छ ।

टिभी हेर्नु
तपाईं यदि सुत्नुभन्दा अघि टिभी हेर्नुहुन्छ, भिडियो गेम खेल्नुहुन्छ, इमेल चलाउनुहुन्छ र केही विद्युतीय उपकरण्को प्रयोग गर्नुहुन्छ भने सुत्नुभन्दा अघि तपाईंको दिमागमा जे चल्नुपर्ने हो त्यो चल्दैन र तपाईंलाई निन्द्रा लाग्न समय लाग्छ ।

कामको बारेमा सोच्नु
आफ्नो काम अफिसमा नै छोडेर आउनुहोस् । आफ्नो निन्द्रामा काममा छोड्ने गर्नुभएको छ भने यसले तपाईंलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ । राती आनन्दले आराम गर्नुहोस् ता कि अर्को दिन तपाईं राम्रोसँग आफ्नो काम सिद्धाउन सक्नुहुन्छ । आफ्नो तनावलाई कम गर्नको लागि तपाईं आफ्नो परिवार र साथीभाइसँग समय बिताउनुहोस् ।

यसकारण दिउँसो निन्द्रा लाग्छ
रातमा मात्र होइन दिउँसो पनि आराम गर्नु र केहि बेर निदाउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । केहिले पावरन्याप पनि लिन्छन् । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जसलाई दिउसो धेरै निन्द्रा लाग्ने गर्छ । हामी सबैले महशुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोस् दिउँसो एक पटक निन्द्रा लागेर आउँछ।
मध्यान्हमा मानिसको शरीरमा उर्जाको मात्रा कम हुने गर्छ । यसकारण मानिसलाई दिउँसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ ।

यदि तपाइँलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपार्इंलाई अघिल्लो रात राम्ररी निन्द्रा नपरेकोले हुनसक्छ वा निन्द्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निन्द्रा नपर्दा दिउसो निन्द्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।

तपाईं सेवन गरेको औषधी ?

दिउसो बढि निन्द्रा लाग्नुको अर्को कारण तपाईँले कुनै रोगको उपचारमा खाइरहेको औषधि पनि हुनसक्छ । केही स्वास्थ्य समस्याको उपचारमा प्रयोग गरिने औषधि पनि दिनको निन्द्राका लागि जिम्मेवार हुन्छन् ।

निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । दिनभरि काम गरेर थाकेर आएपछि जो कोहिलाई पनि मीठो निद्रा चाहिन्छ । हाम्रो व्यस्त जीवनमा हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । समयमा सुतेर उठ्दा दिनभरि शरीर स्वास्थ्य रहन्छ र मस्तिष्कले पनि सही तरिकाले काम गर्ने गर्छ ।

पानीको मात्रा
हाम्रो शरीरमा पानीको मात्रामा कमी हुँदा पनि हामीलाई दिनभरि थकाइ लागेको अनुभव हुनुका साथै दिनभरी हाई आउने हुन्छ । त्यसैले हामीले दिनमा अत्यधिक पानी पिउने गर्नुपर्छ । हामीले हाम्रो दैनिक खानेकुरामा हरियो सागपात र विभिन्न तरकारीहरु समावेश गर्नुपर्छ । स्वास प्रस्वासमा समस्या तथा शरीरमा रगतको कमी र हेमोग्लोबिनको स्तर घट्दा पनि हामीलाई दिनभरि थाकेको जस्तो महसुस हुन्छ ।

व्यायाम
बिहान छिट्टो उठेर ३० मिनेट जति व्यायाम गर्दा वा डुल्दा हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्छ । शारीरिक ब्यायामले हाम्रो शरीरलाई दिनभरि ऊर्जाशील बनाउछ । ब्यायाम गरिसकेपछि बिहान बिहान चिसो पानीले नुहाउने गर्नुपर्छ । यसले हाम्रो रक्त सञ्चारलाई सक्रिय पारेर हाम्रो शरीरलाई पूरा दिन ताजा राख्न मद्दत गर्छ । शरीरको थकाइ हटाउनका लागि तात्तातो चिया वा ताजा फलको जुस पिउनु राम्रो उपाय हो ।

कागती पानी पिउने

बिहान कागती पानी पिउने गर्दा थकान कम लाग्छ र शरीरमा तुरुन्तै ऊर्जा आउँछ । साथै शरीरमा थकाइ अनुभव भएजस्तो लाग्दा हात र गोडामा मालिश गर्नुपर्छ । यसले रक्तसंचारमा मद्दत गर्नुका साथै मांसपेशीलाई आराम गराएर शरीरलाई फुर्तिलो बनाउछ । शरीरमा तातो पानीले सेक्दा पनि आराम महसुस हुन्छ ।

किन लाग्दैन निन्द्रा ? 

मनमा कुरा खेलाउने बानीले निन्द्रा पर्दैन । धेरै सोच्ने, मनमै तर्क वितर्क गर्ने, कुण्ठा, गुनासा, आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।

– शारीरिक समस्याले पनि निन्द्रा लाग्दैन । कमजोरी वा कुनै पीडाको कारण मस्त सुत्न सकिदैन ।
तपाईको औषधी सेवन गर्ने सेड्युल छ भने पनि समस्या आउन सक्छ ।

– धेरै उत्साहित हुँदा, धेरै थाकेको बेला पनि निन्द्रा लाग्दैन, यद्यपी यी क्षणिक समस्या हुन् ।

समाधान के त ? 

निदाउनका लागि औषधी सेवन गर्नु राम्रो विकल्प होइन । त्यसले नकारात्मक असर गर्छ ।

आफुलाई के कारणले निन्द्र लागेको छैन भन्ने कुराको पहिल्याउनुपर्छ ।

राती सुत्ने समयलाई नियमित गर्नुपर्छ । संभव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।

ओछ्यानमा पुगेपछि मोबाईल र डिभाइसबाट टाढा रहने । ध्यान एकाग्र गराउने ।

कथा, उपन्यास पढ्ने अभ्यास छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ । त्यसबाहेक जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ । यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, अपमानति भएको कुरा सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ । त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस् ।

शारीरिक रुपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन । त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस् । दिनमा त्यस्तो कुनैपनि गल्ती नगर्नुहोस्, जसले तपाईलाई ग्लानी, हिनताबोध हुन्छ । यस्ता कुराले राती सुत्न सकिदैन ।

सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । १५ मिनेटजति ध्यान गर्नुहोस् । यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ ।

मासिक धर्म बन्द हुँदा महिलाहरु धेरै बेचैन हुने गर्छन् । जसले गर्दा समयम नै सुत्न पाउँदैनन् । त्यसकारण निन्द्राको कमी हुन नदिन धेरै समय सुत्न दिनुपर्छ ।

गर्भअवस्थामा महिलाहरुमा शारिरिक मानसिक बदलाव हुने गर्छ ।

महिनावारीको समयमा पेट दुख्ने, ऐठान हुने, वाकवाकी लाग्ने, मुड खराब हुने, अत्तालिने, घरीघरी भोक लाग्ने भएकाले राती सुत्ने बेलामा समस्या हुने गर्छ ।

जुत्ता–चप्पल

पानीको जग

तेल

ऐना सुत्ने ठाउँ नजिक राख्नु हुँदैन ।

 

आनन्दको निन्द्रा कसरी पाउने होला ?
हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ, तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ ।

तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ ।

अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् ।

अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहिरहेम मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ ।

अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ ।

अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ ।

कसरी पाउने गहिरो निन्द्रा ?

– गहिरो निन्द्राका लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् ।

 

– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।

 

– बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् ।

 

– गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।

 

– सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।

 

– संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् ।

 

– सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।

 

– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् ।

-सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् ।

 

– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ ।

 

– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं ।

 

– धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो ।

 

अर्को कुरा तपाईलाई थाहा छ ? 

मोबाइलको ‘डार्क मोड’ आँखा र फोन दुवैका लागि राम्रो हो ।

राति सुत्नु अगाडि र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ ‘डार्क मोड’ फिचर बरदान सरह साबित हुन सक्छ । आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्याट्रीलाई समेत लामो आयु प्रदान गर्न सक्ने प्राविधिक विद्हरुको दाबी छ ।

यति मात्र नभएर डार्क मोडले हामीलाई फोन कम चलाउनमा समेत मद्दत गर्न सक्ने बताइएको छ । सबै अवस्थामा उपलब्ध नभएपनि अहिलेका नयाँ एप र फोनहरुमा डार्क मोड अन गर्न सकिन्छ ।

विशेषगरी लामो समयसम्म प्रयोग गरिरहनुपर्ने एपहरुले धेरै अगाडि नै डार्क मोड फिचर अपनाइसकेका थिए जस्तै भिडियो एडिटर , एडोब र ट्वीटरले २०१६ देखि नै डार्क मोड अपनाएको हो । केही समय अगाडि मात्र लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र युट्युबमा समेत यो फिचर जारी गरिएको छ ।(विभिन्न एजेन्सी र अंग्रेजी साईटको सहयोगमा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?