१२ जेष्ठ २०७९, बिहीवार

सर्वोच्च अदालतमा बुधबारदेखि सेवा कटौती गरिने

२०७८,माघ,४,मंगलवार २१:५२

126
Shares

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ । अदालतमा आज बसेको फुलकोर्टले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ गर्ने निर्णय गरेको हो ।

बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आज जारी गरेको प्रेस विज्ञप्तिमा बुधबारदेखि लागू हुने गरी यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको उल्लेख छ । सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ ।

त्यस्तै थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।

उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा कामकारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार २१:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र

ताजा समाचार

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५