१० जेष्ठ २०७९, मंगलवार

काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न खोटाङ एमालेको माग

२०७८,माघ,४,मंगलवार २१:३१

90
Shares

खोटाङ । नेकपा एमाले खोटाङले सडक, पुल, भवनलगायत आयोजनाको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण–पत्र बुझाउँदै एमालेले जिल्लाको सडक, पुल, खानेपानी आयोजना, स्वास्थ्य संस्थाको भवन लगायतका संरचना निर्माणको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई नियमानुसार कानुनी दायरामा ल्याउन र विकास निर्माणको कामलाई तीव्रता दिँदै अपुरा रहेका आयोजनाको पूर्णताका लागि शिघ्रातिशिघ्र पहल गर्न ध्यानाकर्षण गराएको हो ।

एमालेले दिक्तेल-गाईघाट सडक खण्डको सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पुल, महुरे-फोक्सिङटार सडक कालोपत्रे, दिक्तेलको अस्पतालचोक-खानीडाँडा-आहाले सडक कालोपत्रे, पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तरगत चखेवाभञ्ज्याङ-सेखुवा सडक कालोपत्रे, मध्यपहाडी लोकमार्गकै दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने पंखु खोला र लप्से खोला मोटरेबल पुल, हुर्लुङ-जालपा-ऐसेलुखर्क, हुर्लुङ-जालपा-बाक्सिला सडक लगायतका राष्ट्रिय महत्त्वका आयोजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाही गर्न प्रशासन समक्ष माग गरेको हो ।

एमालेले हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजना, विभिन्न पालिकामा निर्माणाधीन स्वास्थ्य संस्थाको भवन, दिक्तेलको अस्पताल चोक(साप्सु खोला–खोटाङबजार–पानधारे सडक लगायतका पूर्वाधारमा भएको बेवास्ता, ढिलासुस्ती, गैर-जिम्मेवारीपन र अनियमितता अन्त्यको माग गरेको छ ।

एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाललाई बुझाएको ध्यानाकर्षण-पत्रमा जिल्ला मालपोत कार्यालय लगायतका सरकारी कार्यालयमा भइरहेका लापरबाही र अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । मालपोत कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती र लापरबाही भइरहेको जनगुनासो आएको एमालेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

‘नेपाली जनताको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर र खोटाङ्गे जनताले सहजतापूर्ण पाउनुपर्ने सेवा प्रवाहमा आएको गतिरोधलाई अन्त्य गर्न सम्बन्धित पक्षलाई सचेत रहन आग्रह गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनसरोकारका विषयमा भएका ढिलासुस्ती, लापरबाही, बेवास्ता र अटेरीपनको तत्काल अन्त्य गर्न, निर्माण व्यवसायीलाई नियमानुसार कानुनी दायरामा ल्याइ विकास निर्माणको कामलाई तीव्रता दिन र अपुरा रहेका कामहरूको पूर्णताका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारलाई जोडदार माग गर्दछ ।’

विकास निर्माण र सेवा प्रवाहसँग सम्बन्धित विषयमा वर्तमान सरकारको मौनताले नेपाली जनताको मानसपटलमा अनेकौं प्रश्नहरू जन्माइरहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार २१:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

काठमाडौं । सरकारले हराएका पुरातात्विक सम्पदाहरु फिर्ता ल्याउनका लागि पहल गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा औषधि उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८०

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार

ताजा समाचार

सलमान खान नेपाल नआउने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:३७
पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५
सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२