१३ जेष्ठ २०७९, शुक्रवार

नेपालको कोरोना ग्राफ : एक हप्तामै ३८ हजार बढी संक्रमित

२०७८,माघ,४,मंगलवार २०:४३

117
Shares

काठमाडौं । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन् । दैनिक सङ्क्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय सङ्क्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ । पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३।६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने आज ४४।९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार २०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा

उदयपुर । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार

काठमाडौं । पाँच वर्षअघि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५