१० जेष्ठ २०७९, मंगलवार

४२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ

२०७८,माघ,४,मंगलवार १९:२९

540
Shares

पोखरा । करिब ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा ३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरेको हो ।

उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ । काठमाडौंबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण २ घर भएका २९ वर्षीय अंकित सुनारसमेत समातिएका छन् ।

सुनारको साथबाट ५ थान सिक्री, एक थान औंठी र एक जोर रिङ गरेर कूल २१ तोला ९० लाल ३ प्वाइन्ट अवैध सुन बरामद गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको तिवारीले सुनाए ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १९:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार

बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन्

काठमाडौं । काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ

ताजा समाचार

सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०२
आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००
नगरप्रमुख भामले गरे सम्पति सार्वजनिक
 २०७९,जेष्ठ,१०,मंगलवार १६:५२
आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १६:४९