सिद्धार्थ बैंकका ग्राहकहरुलाई चितवन मिडटाउन रिर्सोटमा १५% सम्मको छुट

लोकपथ
338
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवनको भरतपुर स्थितचितवन मिडटाउन रिर्सोट प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र चितवन मिडटाउन रिर्सोटका तर्फबाट प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, वाइन्टरनेट बैंकिङ्ग प्रयोग गरे बापतहोटल बसाई सेवाको भुक्तानी गर्दा १५%सम्मको छुट र रेस्टुरेन्ट, खानातथापेय पदार्थ सेवाको भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न जानउत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?