१० जेष्ठ २०७९, मंगलवार

प्रदेश नं १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लगाइने : मुख्यमन्त्री राई

२०७८,माघ,४,मंगलवार १९:४५

63
Shares

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।’ मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उनले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १९:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । ३० वैशाखमा भएको मतदानको क्रममा विवाद भएपछि त्रियुगा नगरपालिका वडा

झापा । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई

काठमाडाैं । झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेस उम्मेदवार फूलवती राजवंशी

खोटाङ । ९ वैशाखअघिसम्म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई वडाध्यक्षको भूमिकामा थिए । गाउँपालिका अध्यक्षमा उठ्ने भएपछि उनले

ताजा समाचार

पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५
सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२