आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
91
Shares

१. नेपालमा कोरोना संक्रमणको जोखिम भयावह बन्दै, मंगलबार मात्रै १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि, ५ सय ६२ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ जना थपिए ।

२. निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ दल सहमत, निर्वाचनको मिति तोक्ने जिम्मा मन्त्रिपरिषद्लाई ।

३. ६३ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन, बाँकी रहेका १४ जिल्लाको अधिवेशन कोभिड संक्रमण कम भएपछि गरिने ।

४. माघ दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, यही गतिमा बढ्दै गए दैनिक संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आकलन ।

५. काठमाडौं उपत्यकामा आमसभा, जुलुस र भेला गर्न रोक, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने ।

६. माघ १८ गतेसम्म सेवा सङ्कुचन गर्ने सर्वाेच्च फुलकोर्ट बैठकको निर्णय, बन्दी प्रत्यक्षीकरण तथा जरूरी प्रकृतिका रिट निवेदनहरूको भने नियमित सुनुवाइ गरिने ।

७. ‘मधेश प्रदेश’को नामाकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाइ, अब असमानता र सबै किसिमका विभेदको अन्त्यका लागि अगाडि बढ्ने प्रतिबद्धता ।

८. प्रदेशको नाम ‘मधेश’ राखेको विरोधमा जनकपुरमा प्रदर्शन, प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने माग राख्दै प्रदेश सांसदहरूको पुत्ला दहन ।

९. विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति दिने नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय, समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउने ।

१०. मंगलबार सेयरमा बजारमा सामान्य करेक्सन, नेप्से परिसूचक १० दशमलव ७८ अंकले घट्दा ८ अर्ब ४४ करोडको कारोबार ।

११. चालू आर्थिक वर्षको छ महिनामा नेपाल आयल निगम १९ अर्ब २६ करोड घाटामा, पेट्रोलियम पदार्थ खरिदबापतको भुक्तानी समेत गर्न नसक्ने अवस्थामा ।

१२. पश्चिमी अफगानिस्तानमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प, २६ जनाको मृत्यु, दर्जनौँ घाइते ।

१३. दक्षिणी मोरक्कोमा आप्रवासी चढेको डुंगा दुर्घटना, ४३ जनाको मृत्यु, १० जनाको सकुशल उद्धार ।

१४. नेपाल पुलिस क्लब ‘प्रधानमन्त्री कप टी–२०’ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश, बागमती प्रदेश ५० रनले पराजित ।

१५. र , ‘इङ्लिस प्रिमयर लिग’ अन्तर्गतको खेलमा आज ब्राइटन र चेल्सी भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर अङ्कतालिका सुधार्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?