१० जेष्ठ २०७९, मंगलवार

बैतडीमा शिक्षक हत्या प्रकरण : थप एक व्यक्ति पक्राउ

२०७८,माघ,४,मंगलवार १९:४८

108
Shares

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थी हत्या प्रकरणमा थप एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसअघि स्थानीय २३ वर्षका शिक्षक हरिस अवस्थी पक्राउ परेकोमा अहिले उनकै आफन्त पर्ने २८ वर्षका नवराज अवस्थीसमेत पक्राउ परेका छन् । उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

यता विप्लव नेतृत्वको नेकपाले भने आफ्ना कार्यकर्ताको हत्या पछि दैनिक आन्दोलन गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाका सदस्यसमेत रहेका ३० वर्षीय डम्बर अवस्थीको शव गत बुधबार स्थानीय जंगलमा ओढारभित्र गाडेको अवस्थामा भेटिएको थियो ।

यस्तो छ घटना
२३ पुसमा सुर्नया-६ का स्थानीय शिक्षक हरिस अवस्थीले आफ्नो फेसबुकमा एक स्ट्याटस लेखे । गाउँमा हराएका व्यक्तिको नाम किटान गर्दै उनले फलानोलाई फलानोले मारेको होसम्म लेखे । स्थानीय दुई जनाले विप्लवका ६ कार्यकर्ता लगाएर आफूलाई समेत मार्न खोज्दैछन् भन्दै उद्धारका लागि प्रहरीसँग हारगुहार गर्दै अपहरणको नाटक गरेका थिए ।

हरिसलाई बर्दिया जिल्लाबाट पानीले भिजेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उनले हराएका व्यक्तिलाई कसैले मारेको किटान गरेकाले प्रहरीले संकाको घेरामा राख्दै थुनामा राखेको थियो ।

थुनेको दुई दिनपछि हरिस आफैले डम्बरलाई मारेर गुफाभित्र पुरेको बताए । हरिसले भनेकै गुफामा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेशबहादुर पालसहितको टोलीले सडेको अवस्थामा शव फेला पारेको थियो ।

घटना मसिर १४ गतेको राति भएको प्रहरीले जनाएको छ । १५ गते बैनीको उपचारमा डडेल्धुरा जाने तयारी गरेका डम्बर अघिल्लो रातदेखि बेपत्ता थिए ।

उनलाई खोजिदिन परिवारले प्रहरीमा निवेदन दिएपछि कलडिटेल माग गर्दा अन्तिम कल उनै हरिसको थियो । जसले हत्या गरेको स्वीकार गरिसकेकाछन् ।

घटनामा उनीमात्रै संलग्न थिए अथवा अरू पनि भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए ।

डेढ महिनाअघि हत्या भएको डम्बरको शव अझै आफन्तले बुझेका छैनन् । हत्यामा अरू पनि संलग्न रहेको हुनसक्ने भन्दै सबैको पहिचान गरी कारबाहीको माग आफन्तको छ ।

उता विप्लव नेतृत्वको नेकपाले मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै दैनिक आन्दोलन चर्काइरहेको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १९:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी

काठमाडौं । सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश नीति

ताजा समाचार

आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १६:४९
दश महिनामा ३७ अर्बको मोबाइल फोन आयात
 २०७९,जेष्ठ,१०,मंगलवार १६:४५
वर्तमान कर प्रणाली पुनरावलोकन गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १६:३३