‘न्यायको अवसान’ सार्वजनिक !

काठमाडौँ- न्यायको माग गर्दै वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको भावना समेटिएको पुस्तक ‘न्यायको अवसान’ आज सार्वजनिक  गरिएको छ ।

गंगामाया बचाऔँ अभियानले प्रकाशन गरेको उक्त पुस्तकमा गंगामायाका भावनालाई पत्रकार घनश्याम खड्काले लिपिबद्ध गर्नुभएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्मा, पूर्वमहान्यायधिवक्ता कल्याण श्रेष्ठ, पूर्वमन्त्री नीलाम्बर आचार्य, पत्रकार कनकमणि दीक्षितलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गर्दै  गंगामायाजस्ता पीडितले न्याय नपाउँदासम्म देश समृद्ध बन्न नसक्ने धारणा राख्नुभयो ।

छोरा कृष्णप्रसादको हत्या आरोपीलाई पक्राउ र अदालतमा विचाराधीन मुद्दा छिटो फैसला गर्ने माग पुस्तकमा समेटिएको पत्रकार खड्काले जानकारी दिनुभयो ।    

विसं २०६१ जेठ २४ मा कृष्णप्रसादको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो । 

हत्या आरोपीको नामकिटानीसहित उनीहरुविरुद्ध विसं २०७० चैत ३० मा दिइएको मुद्दा चितवन जिल्ला अदालतमा  विचाराधीन छ ।

छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनसन बसेकामा  श्रीमान् नन्दप्रसादको अनशनको ३३४औँ दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।

राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र आफूले न्याय नपाएको गुनासो गंगामायाले गर्दै आउनुभएको छ ।

छोराको हत्या भएपछि लामो समयसम्म हत्या आरोपीलाई कारबाही नभएपछि अधिकारी दम्पती नै अनसन बसेकामा  श्रीमान् नन्दप्रसादको अनशनको ३३४औँ दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।

न्याय नपाउँदासम्म श्रीमान्को अन्तिम संस्कार नगर्ने भनेपछि नन्दप्रसादको  शव  अझै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, शवगृहमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?