१० जेष्ठ २०७९, मंगलवार

विदेशबाट आएका व्यक्तिलाई बीचैबाट अपहरण, तीन जना पक्राउ

२०७८,माघ,४,मंगलवार १८:४७

261
Shares

काठमाडौं । विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भई हाल काठमाडौँ १६ वसन्तपुर बस्ने ३१ वर्षीय गोकुल घिमिरे रहेका छन् ।

उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । सिरहाका ३० वर्षीय रामेश्वर राम दुबइबाट नेपाल फर्कने क्रममा विमानस्थलबाट बल्खुस्थित होटल कञ्चनजञ्घामा गई बसेका बेला अपरिचित व्यक्तिले अपहरण गरी लगेका थिए ।

उनीहरुले काठमाडौं महानगरपालिका २७ ज्याठास्थित होटल प्लेजर होमको कोठामा बन्धक बनाई राखेकामा त्यहाँबाट भाग्न सफल भएपछि रामले प्रहरीमा उजुरी दिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार उनीहरुले पीडितलाई कुटपिट गरी चुरोटको ठुटाले पोलेर ज्यान मार्ने धम्की दिँदै यातनासमेत दिएका थिए । उनीहरुले रामको झोला र मोबाइलसमेत लगेका थिए । सोही उजुरीको आधारमा लामो अनुसन्धानपछि अपहरण गर्ने व्यक्तिको पहिचान गरी पक्राउ गरिएको परिसरले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १८:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार

बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले न्याय सम्पादन हुने न्यायिक इजलाश कक्ष भत्काएर कार्यकक्ष बनाएका छन्

काठमाडौं । काठमाडौं, कैलाली, दोलखा र सिरहामा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ

ताजा समाचार

सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२
सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३
आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००