१० जेष्ठ २०७९, मंगलवार

दर्शकले महोत्सवको स्टेज भत्काए, गाडीमा आगजनीपछि प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

२०७८,माघ,४,मंगलवार १८:३०

9
Shares

सुनसरी । सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।

मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआउने थाहा पाउनासाथ स्टेजमा आगो लगाएका हुन् ।

उनीहरूले भारतीय ४ ओटा स्कार्पिओमासमेत आगो लगाएका छन् । आगलागीबाट टेबल, कुर्सी, साउन्ड सिस्टम जलेर पूर्ण रूपमा नष्ट भएको छ । तोडफोडबाट ठूलो जनधनको क्षति भएको बताइएको छ ।

घटनास्थललाई नियन्त्रणमा लिनका लागि मोरङ र सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरिएको उनले बताए ।

बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पत्र नै काटेर महोत्सव रोक्न भनेको थियो । तर, आयोजकले प्रशासनको निर्देशन अवहेलना गर्दै महोत्सव जारी राखेको थियो ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १८:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं। एनआईसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन्। बैंकको जेठ ८ को सञ्चालक समितिको बैंठकले

काठमाडौं । काठमाडौं महानगरकाे २३ वटा वडाको मत गणना सिकएकाे छ । २३ वडाकाे मतगणना सकिँदा १ लाख ५७ हजार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्मे बिक्री गरेको ऋणपत्र आज बाँडफाँट भएको छ ।

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१